सूचनाको शक्ति - The Power Of Information

        

कुन दलको कति मन्त्रालय दाबी ?

सरकार विस्तारमा जुटेका सत्ता साझेदार दलहरूले सकेसम्म धेरै मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दलका शीर्ष नेताहरूले औपचारिक रूपमा मन्त्रालयमा दाबी पेश गरेका हुन् ।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्रीले भने कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८ मन्त्रालय लिन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभामा ३२ सिट जितेको नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरिरहेको भए पनि ८८ सिटसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी हो ।

यसैगरी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी ) ले तीन तीन मन्त्रालय आफूले पाउनु पर्ने माग राखेका छन् । नेकपा एस र जसपालाई प्रधानमन्त्रीले दुई दुई मन्त्रालय प्रस्ताव गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ । जनमत पार्टीबाट एक जना मन्त्री छन् । उसले थप एक राज्यमन्त्री मागेको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०८:०९