सूचनाको शक्ति - The Power Of Information

        

आज मन्त्रालयको भागबण्डा मिलाउँदै गठबन्धन

१० दलीय गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रालय भागबण्डा मिलाउन हिजो साँझ बसेको बैठक बिना निष्कर्ष सकिएपछि आज पुनः बस्ने भएको हो ।

बैठक आज बिहान ९ बजे बस्नेछ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।

नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको परिमार्जित सरकारको साझा कार्यक्रमका मस्यौदाबारे छलफल हुनेछ ।

हिजोको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । सो कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटबारे आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०७:३१