सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

उक्त खोलामा केही दिनअघि डुवेर कोहलपुरका दुई जना बालकको मृत्यु भएको थियो । स्थानीयको जन गुनासो आएसँगै बन्दा क्षेत्रमा विगतका वर्षमा पनि नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । वर्षेनी मानवीय क्षतिका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको हो ।

चटार गाउँदेखि सिम्रीजाने बाटोको बीचको डुडुवा खोलाको बन्दाक्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको बोड वारि र पारी दुवै ठाउँमा राखिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १८:५७