नेपाल इन्जिनियरिङ् परिषदले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत्र १२ र १३ गते लिइएको इन्जिनियर लाइसेन्स परीक्षाको परिषदले सोमबारै नतिजा सार्वजनिक गरेको हो । जसमा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषदले जनाएको छ । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं