सूचनाको शक्ति - The Power Of Information

        

४० लागेपछि महिलाहरुमा जाग्छ फेरि बैस !

बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाका हरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे ।

हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को सम्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । छोरा बुहारी सम्हालेर बस्ने बेलामा अर्को पार्टनर खोज्दै हिडेको पनि देख्नु भएको छ होला ।

विवाहपश्चात मानिसहरु वैदेशिक रोजगारी पश्चिमा रहनसहन आर्थिक अभाब रोगहरुको चपेटा जस्ता विभिन्न कारणले श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने कुनै पनि मतलब नगर्नेजस्ता धेरै समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि समाचार बेला बेलामा सामाजिक सञ्जालमा प्रस्सत मात्रामा आईरहेका हुन्छन ।

विवाहपछि सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भए पनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहन्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाहपछि पनि सम्बन्धमा रहन्छन् । एक अध्ययनले देखाएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

विवाहपछि पुरुषले श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोस्रो पुरुषसँग आकर्षित हुन्छन् । सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ ।

जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् । महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आकर्षित हुने भएकाले दोस्रो पुरुषको सानो सानो कुरामै आकर्षित भइहाल्छन् ।

४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आकर्षित हुने अध्ययनमा उल्लेख छ । विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आउनसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ ।

उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तर लाग्छन् । घरमा श्रीमानसँग सधैँ झगडा अशान्ती हुन्छ भने महिलाहरु धेरैजसो बाहिरी सम्बन्धको विकल्प रोज्छन् । प्रबिधिको बिकाससँगै मानिसहरु बिभिन्न सामाजिक सञ्जालमा रमाउदा पनि सम्बन्धमा चिसोपना आइहाल्छ ।

सामाजिक सञ्जालले गर्दा एक अर्काको कुरामा भन्दा सामाजिक सञ्जालमा ब्यस्त भएपछि उनीहरु आफ्नो मान्छेसँग दुर भएजस्तो आभास हुन्छ । परिवार आफन्त छोडेर सामाजिक सञ्जालका मानिसहरुसँग रम्दै गर्दा उनीहरुसँग नै नजिक हुन्छन्, अनि सम्बन्धमा अनेक समस्याहरु आइपर्छन् । त्यसैले बाहिर जे भए पनि आफ्नो परिवारलाई पनि समय दिनुस्, ताकी तपाईको सम्बनधमा कुनै पनि चिसो नआइपरोस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०८:११