सूचनाको शक्ति - The Power Of Information

        

युएसबी कण्डम के हो ? कसरी प्रयोग गर्ने ?

युएसबी कण्डम, झ्वाट्ट सुन्दा परिवजार नियोजनको साधन होला भन्ने लाग्छ । तर यो परिवार नियोजनको साधन होइन । यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट बचाउने काम गर्छ ।

आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ । उसै पनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ । तर जति सहज बनाएको त्यसैगरी असुरक्षित पनि बनाइरहेकै छ ।

के हो युएसबी कण्डम ?

हामीले आफ्ना लागि आवश्यक विभिन्न डेटाहरु, नितान्त व्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज, इमेल, अडियो, भिडियो सामाग्री, बैकिङ्ग जानकारी एउटा सानो मोवाइल, वा चिपमा सुरक्षित गरेर राख्न सक्छौँ वा राखेका छौँ ।

तर कहिल्लै सोच्नु भएको छ ? त्यो कति सुरक्षित छ ? कतै ती तथ्याङ्क वा जानकारीहरु तपाईलाई थाहै नदिई चोरी भएमा के हुन्छ ? सामान्य युएसबी केवल चार्जरले मोवाइल चार्ज गर्दा पनि ती जानकारीहरु चोरिन सक्छ । हो यसरी हुन सक्ने डेटा चोरीबाट जागाउने साधन हो युएसबी कण्डम ।

आजभोलि जता पनि जहाँ पनि मोवाइल चार्जका लागि युएसबी पोर्ट राखिएको हुन्छ । सार्वजनिक स्थलहरु बसपार्क, एयरपोर्ट, बिभिन्न पार्क, होटल यहाँसम्म कि स्मार्ट डस्टबिनमा समेत चार्चिङ पोर्ट र केवल जडान गरिएको छ । यस्ता केवल वा पोर्टबाट चार्ज गर्दा तपाईँको मोवाइलमा रहेका डेटा वा जानकारीहरु चोरिन सक्छ ।

हुन त सामान्य रुपमा डेटा ट्रान्सफर गर्न अनुमति चाहिन्छ तर ह्याकरहरुले मालवयर वा अन्य बिभिन्न भाइरस पठाएर चोरी गर्ने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । व्यक्तिगत विवरणहरु चोरी हुनबाट बचाउन बजारमा अहिले युएसबी डेटा ब्लकर्स आएको छ, जसको नाम युएसबी कण्डम दिइएको छ ।

यसले तपाईलाई जुस ज्याकिङ्गबाट जोगाउँछ । जुस ज्याकिङ्ग भनेको एक प्रकारको साइबर आक्रमण हो जसमा सार्वजनिक स्थलमा पाइने युएसबी पोर्टको माध्यमबाट भाइरस संक्रमण गरिन्छ र मोवाइलमा रहेको डेटा चोरी गरिन्छ । सस्ता संक्रमणबाट बच्न अमेरिकी अधिकारीहरुले चेतावनी समेत दिएका छन् ।

कसरी प्रयोग गर्ने ?

युएसबी कण्डम सानो युएसबी एडब्टरजस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोवाइल चार्जका लागि पावर सप्लाई त गर्छ तर डेटा ट्रान्सफर भने पूर्ण रुपमा रोकिदिन्छ ।

अमेरिकी बजारमा १० डलरमा पाइने युएसबी कण्डम भारतीय बजारमा ९०० देखि एक हजारसम्म अनलाइन बजारमा उपलब्ध छ । आजभोली यसको प्रयोग बढिरहेको छ । व्यक्तिगत जीवनका डाटाहरु चोरी भएकै कारण वर्षेनी अप्रिय घटनाहरु भइरहेको समयमा यस्ता सुरक्षाका साधनको प्रयोगले सुरक्षित रहन सहयोग गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०७:५९