सूचनाको शक्ति - The Power Of Information

        

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गरेको छ भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ ।

पछिल्लो पटक भुटानले नेपालसँग सन २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०७:४९