सूचनाको शक्ति - The Power Of Information

        

जेठी छोरीको तस्वीरमा माल्यार्पण गर्दा प्रचण्ड भावुक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्की जेठी छोरी ज्ञानु दाहाल केसीको आज आठौं स्मृति दिवस हो ।

२०७० चैत १३ गते निधन भएकी छोरी ज्ञानुको स्मृतिमा प्रधानमन्त्री प्रचण्डले तस्बिरमा माल्यार्पण गरेका छन् । माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर सार्वजनिक भएको छ ।

दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समयअघि मात्र जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखिएको थियो । ज्ञानुको ४० वर्षकै उमेरमा उपचारकै क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको थियो । एक्कासी छोरीको निधनले सीता अहिलेसम्म पनि विक्षिप्त छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १३:१९