गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआइजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्य हुन्छन् ।
धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए । खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं