सूचनाको शक्ति - The Power Of Information

        

आलुको बोक्रा नफ्याँक्नुस्, पाइन्छ यस्तो पोषक तत्त्व

हामी नेपालीको भान्छामा आलु अनिवार्य मानिएको छ । बालकदेखि वृद्धसम्मलाई मन पर्ने तरकारी हो, आलु । आलु मन नपराउने व्यक्ति कमै होलान् ।

आलुविना कुनै पनि तरकारी अपुरो मानिन्छ । यो मिसाएपछि मात्र तरकारी अरु स्वादिष्ट हुन्छ । आलु मात्रैबाट पनि धेरै प्रकारका रेसिपी बनाउन सकिन्छ, जस्तै चोखा, चाट, टिक्की, पकोडा आदि ।

सामान्यतया परिकार बनाउने क्रममा हामी आलुको बोक्रा फ्याँकिदिन्छौँ । तर आलुको बोक्रा फ्याँक्नु उचित होइन । आलुको बोक्रालाई पोषक तत्वको खजाना मानिन्छ ।

यसमा पोटासियम प्रशस्त मात्रामा पाइन्छ भने आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक आलुको बोक्रामा भिटामिन बी प्रशस्त मात्रामा हुन्छ ।

मुटुको स्वास्थ्यका लागि – आलुको बोक्राले तपाईको मुटुलाई स्वस्थ राख्न सक्छ किनभने यसमा पाइने पोटासियम, म्याग्नेसियम र क्याल्सियमको सहयोगले रक्तचाप नियन्त्रण हुन्छ ।

क्यान्सरबाट जोगाउँछ – आलुको बोक्रामा फाइटो केमिकल्स प्रशस्त मात्रामा पाइन्छ, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसका साथै यी बोक्रामा क्लोरोजेनिक एसिड पाइन्छ, जसले क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्छ ।

हड्डी बलियो बनाउँछ – हामीले भनेका छौं कि आलुको बोक्रामा क्याल्सियम जस्ता धेरै महत्त्वपूर्ण खनिजहरू हुन्छन्, त्यसैले यसले स्वाभाविक रूपमा हड्डीलाई बलियो बनाउन काम गर्छ । यसको कारण यो हो कि यसले हड्डीको घनत्व बढाउँछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १२:१६