सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र अमेरिकाबीच आजदेखि सैन्य वार्ता हुँदै

नेपाल र अमेरिकाबीच साेमबारबाट सैन्य वार्ता सुरु हुने भएकाे छ ।

‘ल्यान्ड फोर्स टक’ नाम दिइएको यो संवादमा ३ दिनसम्म छलफल हुने भएकाे हाे ।

स्थल सेनाको क्षमता अभिवृद्धिका लागि हुन लागेको संवादमा शान्ति मिसन, मानवीय सहयोग, विपद प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानकाे बारेमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

संवादका लागि २२ सदस्यीय अमेरिकी टोली गत शनिबार नै काठमाडौं आइसकेको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागिता हुने भएकाे छ ।

नेपाली र अमरिकी सेनाबीच सन् २०१८ देखि प्रत्येक वर्ष ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०९:०७