सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०९:००