सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

 सरकारले चालू आर्थिक वर्षको ६ महिनासम्मा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ ।

पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालू आवको पुस मसान्तसम्ममा सरकारसले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो ।

अर्थ मन्त्रालयले पुस महिनासम्ममा विभिन्न निकायसँग बजेट सहायतासहित १७ आयोजनाका लागि यो विकास सहायता सम्झौता गरेको हो ।यो सहायता मध्ये १ खर्ब १४ अर्ब रुपैयाँ ऋण र २३ अर्ब १२ करोड अनुदान सम्झौता हो ।

कुल सम्झौता मध्ये अनुदानको अंश करिब १७ र ऋण ८३ प्रतिशत रहेको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०८:५२