ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा । बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ । अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ ।
त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन् । यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ । यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ ।
दिनमा कति वटा खाने ?
यदि एक स्वस्थ वयस्कले दैनिक एक अण्डा खान्छ भने, त्यो उनको लागि पर्याप्त छ । तर धेरै कुरा व्यक्तिको शरीर र जीवनशैलीमा पनि निर्भर गर्छ । यदि कुनै रोग छैन भने तीनवटा अण्डा पनि खान सकिन्छ । भारी व्यायाम गर्ने मानिसहरूलाई बढी प्रोटिन चाहिन्छ, यस्तो अवस्थामा उनीहरूले अण्डाको मात्रा बढाउन सक्छन् ।
धेरै अण्डा खानुको बेफाइदा
पखाला – अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ । यसले शरीरलाई निकै कमजोर बनाउँछ । त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन ।
कब्जियत – अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ । कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ ।
कोलेस्ट्रोल – अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ । यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन । तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं