सूचनाको शक्ति - The Power Of Information

        

सन्दिप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सोमबार अन्तिम सुनुवाइ हुने भएको छ । सन्दिपविरुद्धको बलात्कार मद्दामा सर्वोच्च अदालतले आज पेशी तोकेको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरे जानकारी दिएका हुन् ।

शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेश दिएको थियो ।

सन्दिपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्धको शर्तसहित आदेश जारी गरेकोे थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको हो । सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । सन्दिप उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०६:४०