सूचनाको शक्ति - The Power Of Information

        

`हिमालयन रोडिज’को पाचौं सिजनमा प्रियंका जज्

लोकप्रिय रियालिटी शो ‘हिमालय रोडिज’को पाचौं सिजनमा नायिका प्रियंका कार्की जजको रुपमा देखिने भएकी छन् ।

नायिका दिया मास्के ठाउँ उनले लिएकी हुन् । अब यस् सिजनमा जज् रुपमा प्रियंकासंगै आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई दर्शकले जजको रुपमा देख्न पाउने छन् ।

सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।

साथै अन्य एकजना जजको भने चाडै टुंगो लाग्ने छ । सोलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १९:३४