सूचनाको शक्ति - The Power Of Information

        

झन्डै २७ अङ्कले घटेर नेप्से १९ सय विन्दुभन्दा तल

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको शेयर किनबेच भयो । आज जालपा सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, महिला लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

धेरैजसो लघुवित्त कम्पनीको शेयर उच्च अङ्कले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मायाखोला जलविद्युत् र एसियन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १९:३०