सूचनाको शक्ति - The Power Of Information

        

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतबार द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै आएको रिटमाथि सर्वोच्चले अध्ययन गरिरहेको छ ।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदाबारे राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १८:२६