सूचनाको शक्ति - The Power Of Information

        

९० सेकेण्डमा आमाको गर्भमै बच्चाको मुटुको सर्जरी !

भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)का चिकित्सकहरुले गर्भमै रहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । भारतीय संचार माध्यमहरुकाअनुसार एम्सका सर्जनहरुले गर्भमै रहेका बच्चाको अंगुर जति सानो मुटुको सफल सर्जरी गरेका हुन् ।

चिकित्सकहरुले बलुन डाइलेसन सर्जरी गरेर बन्द रहेको बच्चाको मुटुको भल्ब खोलेका थिए । यो सर्जरी चिकित्सकहरूले केवल ९० सेकेण्डमा पूरा गरेका थिए । आमा र बच्चा दुवै सुरक्षित रहेको बताइएको छ । शल्यक्रियामा एम्सको कार्डियोथोरासिक सेन्टरमा गरिएको थियो ।

गर्भभित्रै शल्यक्रियाको प्रोसिजर पूरा गरेका एम्सका चिकित्सकहरु अहिले बच्चाको हार्ट चेम्बर्स विकासको मोनिटर गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बुधबार डाक्टरले गरेको यो प्रयासको सराहना गरेका छन् ।

उनले भारतीय चिकित्सकहरुमाथि आफूलाई गर्व भएको उल्लेख गरे । २८ वर्षीया ती महिलालाई अस्पतालमा भर्ती गरिएको थियो । उनको पछिल्ला तीन प्रेगेनेन्सी लस भएका थिए । डाक्टरहरुले परीक्षणपछि बच्चाको हार्ट कन्डिसनमा समस्या रहेको पत्ता लगाएका थिए ।

यसलाई सुधार गर्नका लागि शल्यक्रिया सुझाव दिइयो । जसमा महिला र उनका पति दुवैजना सहमत भए । डाक्टरहरुकाअनुसार जब बच्चा आमाको गर्भमा हुन्छ, त्यो बेला पनि कुनै गम्भीर प्रकारको मुटु रोगलाई पत्ता लगाउन सकिन्छ ।

मुटुमा समस्या भएको बच्चाको गर्भमै यो समस्या उपचार भएमा जन्मेपछि स्वास्थ्य राम्रो हुने सम्भावना बढ्छ र बच्चाको विकास राम्रोसँग हुन्छ । सर्जरीमा संलग्न चिकित्सकहरुले वच्चामा गरिएको सर्जरीको नाम बेलुन डाइलेसन सर्जरी हो । यो पोसिजर अल्ट्रासाउण्ड गाइडेन्समा गरिन्छ ।

सर्जरीमा संलग्न एक चिकित्सकले भने, ‘यसका लागि हामीले आमाको पेटबाट बच्चाको मुटुमा एक सुई हाल्यौं । त्यसपछि बेलुन क्याथरेटरको मद्धतबाट हामीले बन्द भल्व खोल्यौं ताकि रक्तसंचार राम्ररी हुन सकोस् । हामीलाई आशा छ कि यो सर्जरीपछि बच्चाको मुटु राम्रोसँग विकसित हुनेछ । र, जन्मको समयमा मुटुको बिमारीको खतरा कम हुनेछ ।’

कार्डियोथोरासिक साइसेन्स सेन्टरको टिमका सिनियर चिकित्सककाअनुसार यस्तो शल्यक्रिया गर्भमा हुर्किरहेको बच्चाको ज्यानमा लागि खतरा पनि हुन सक्छ । त्यसकारण यसलाई एकदमै होसियारी पूर्वक गर्नुपर्छ । ‘बढीजसो हामी जब यस्तो प्रोसिजर गर्छौ त यो एन्जियोप्लास्टिकजस्तै हुन्छ । तर, यसलाई एन्जियोप्लास्टिक जसरी गर्न सकिदैंन् ।’

यो प्रोसिजरमा अल्ट्रासाउण्डको गाइडेन्सबाट एकदमै चाडो गर्नुपर्छ । किनभने, यसमा हार्ट चेम्बरलाई पन्चर गरिन्छ । यसमा सानो मात्रै त्रुटि भयो भने बच्चाको ज्यान जान सक्ने ती चिकित्सकले बताएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १८:१०