सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएसँगै मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुको राजीनामा र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ । ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन् । प्रदेश प्रमुख शेरचनले संविधान अनुसार अधि बढ्ने बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १६:४६