सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त आईजीपी कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ ।

गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो ।

दिउँसो १ बजे मन्त्रालयमा कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लगत्तै उनले पदभार सम्हाल्नेछन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०८:५५