सूचनाको शक्ति - The Power Of Information

        

‘जनगणनाको नतिजा अपूरो’

राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा भाषाभाषी, जातजाति र धर्मावलम्बीसँग सम्बन्धित तथ्यांक सार्वजनिक नगरेपछि सरोकारवालाले जनगणनाको नतिजा अपूरो भएको टिप्पणी गरेका छन् ।

नेपालको संविधान–२०७२ जारी भएपछि पहिलोपटक भएको जनगणना–२०७८ को नतिजामा समुदायको पहिचानसँग जोडिएको जातजाति, भाषाभाषी र धर्मावलम्बीसम्बन्धी तथ्यांक समावेश नगरेपछि सर्वत्र टीकाटिप्पणी सुरू भएको छ ।

साविकको तथ्यांकको विभाग र हालको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को नतिजामा जनस्तरमा बढी चासो दिएर हेरिने जातजाति, भाषाभाषी र धर्मावलम्बीको तथ्यांक समावेश गरिएको थिएन ।

यसलाई जनताको सुसूचित हुन पाउने हकको उल्लंघनका रूपमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि विभिन्न माध्यमबाट टीकाटीप्पणी गर्ने क्रम बढिरहेको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०७:४९