सूचनाको शक्ति - The Power Of Information

        

बिहेपछि एक वर्षसम्म श्रीमानका अगाडि नाङ्गिन मान्दैनन् महिला !

विवाहको अर्थ दुई व्यक्ति एक हुनुमात्र नभएर उनीहरुको विश्वास, एक–अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो । वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ ।

वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ? सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम सँगसँगै गरेर पनि आनन्द उठाउन सकिन्छ ।

यदि तपाई महिला हुनुहुन्छ र आफ्नो श्रीमानका अगाडि कपडा खोल्न अफट्यारो महसुस गर्नुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनभने तपाईं एक्लै हुनुहुन्न । एक अध्ययनले ६ मध्ये १ विवाहित महिलाले आफ्ना श्रीमानका अगाडि एक वर्षभन्दा बढी समयसम्म नाङ्गिन अफ्ठ्यारो मान्ने गरेको जानकारी दिएको छ ।

विवाहित महिलाहरूलाई ‘अन्तिम पटक आफ्ना पतिका अगाडि कहिले नाङ्गो हुनुभयो’ भनेर सोधिएको थियो । सर्वेक्षणमा भाग लिएका १६ प्रतिशत महिलाले पछिल्लो १२ महिना वा सोभन्दा बढी अवधिमा आफ्नो श्रीमानका अगाडि एकपटक पनि कपडा नखोलेको दाबी गरे । झन्डै आधाले आफ्नो शरीरलाई लिएर असुरक्षित महसुस गरेका हुँदा पतिका अगाडि ना ङगो हुन नचाहेको बताए ।

जबकि एक तिहाइले कम यौन चाहनालाई यसको श्रेय दिएका छन् । करिब ४० प्रतिशतले आफ्नो सम्बन्धमा असर परेको र ३६ प्रतिशतले लुकाउन खोज्दा श्रीमानसँग झगडा हुने गरेको जवाफ दिएका हुन् । यो सर्वेक्षण सञ्चालन गर्ने यूकेमेडिक्स डटकमकी सारा बेली भन्छिन्, ‘महिलाको यौन जीवनका लागि शारीरिक आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ, यो घट्दै गएको देखिन्छ, जसका कारण समस्या बढ्दै गएको छ ।’

उनले थप्दै भनिन्, ‘विवाहको १२ महिना वा सोभन्दा बढी समयसम्म आफ्ना श्रीमानका अगाडि नग्न हुन नमान्ने अधिकांश महिलाको भनाइ छ ।’ उनका अनुसार महिलाहरूले आफ्नो शरीर मन नपराए पनि आफ्नो श्रीमान र साथीलाई मन पर्न सक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कुनै पनि सम्बन्ध केवल रूपमा विश्वासको कमीको कारण बलिदान हुन सक्दैन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार ०८:११