सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

बिहानैदेखि सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षा

देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । मौसममा बदलीदेखि वर्षाको सम्भावना रहेको हो ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार ०६:३१