सूचनाको शक्ति - The Power Of Information

        

बिहेपछि किन बढ्छ महिलाको हिप ? १० अनौठा कारणहरु

प्रायःजसो बिहेपछि महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेषगरि बिहेपछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोलीचालीदेखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाहपछि महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।

सामान्यतया अन्य महिलाको तुलनामा विवाहित महिलाको हिप र स्तनको आकारमा धेरै परिवर्तन भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन् । त्यसकारण पनि बिहेपछि हिप र चेस्टको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।

तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । सोधकर्ताका हरुको अनुसार जुन महिलाले एकदिनमा पटक पटक यौन सम्बन्ध राखेका थिए, उनीहरुको हिपको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए । साथै हिपको आकार ठुलो भएका महिलालाई गर्भवती हुँदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताएको थियो ।

यस्ता छन् १० अनौठा कारणहरु

१. अनिन्द्रा – बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नुपर्ने हुनसक्छ । कम्तिमा सात घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२. हर्मोनको परिवर्तन – बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्ररुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ ।

३. उमेरको असर – विभिन्न अनुसन्धानका अनुसार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुँदै जान्छ । जस कारण शरीरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४. सामाजिक दबाब कम हुनु – महिलाको लागि बिहेअघि राम्रो देखिन तथा राम्रो श्रीमान पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् । तर बिहेपछि यो दबाब कम हुन्छ, जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिँदैनन् र तौल बढ्न जान्छ ।

५. धेरै टिभी हेर्नु – प्राय:जसो बिहेपछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने चलन छ । दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरुको सामान्य दैनिकी हो । जसबाट उनिहरुको शरिर शारीरिक रुपले निष्क्रिय रहने हुँदा मोटोपन बढ्छ ।

६. टेन्सन बढ्नु – बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वातावरणमा घुलमिल गर्न असहज हुन्छ । यसले तनाव बढ्छ र साथसाथै तौल पनि बढ्छ ।

७. गर्भवती अवस्था – सामान्यतया बिहे भएको १–२ बर्षपछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन् महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।

८. लापर्वाही – बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन् । तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैनन् । त्यसैले तौल बढ्छ ।

९. खानपिनमा परिवर्तन – बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ । त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन्, यसले तौल बढाउँछ ।

१०. प्राथमिक्तामा परिवर्तन – बिहेपछि पति र घरपरिवार अनुसारको रुटीन बन्ने गर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैनन् र तौल बढ्छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १६:०५