स्वास्थ्य मुटुका लागि के गर्नुपर्छ भन्ने बहस धेरै पहिलेदेखि भएको छ । बलियो मुटुका लागि अवलम्बन गर्ने उपायका बारे पनि धेरै बहस भए । हृदय घातको जोखिम सबैलाई छ । हृदय घातको जोखिम कम गर्ने उपायका बारे बेलायतमा हालै एउटा अध्ययन पनि भएको थियो ।
अध्ययनका अनुसार सागसब्जी स्वास्थ्य मुटु तथा हृदय घातको जोखिम कम गर्नका लागि त उपयुक्त हुन्छ । साथै हामीले गर्ने अभ्यासको समय र जीवनशैली पनि हृदयाघातसँग सम्बन्धित हुन्छ । यसै अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने पनि देखाएको छ ।
धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खानका लागि भनेका छन् । युनिभर्सिटी अफ अक्सफोर्ड एन्ड ब्रीसटोल तथा चाइनिज युनिभर्सिटी अफ हङकङले चार लाख मानिसमा यो अध्ययन गरेको थियो । सर्वेमा चार लाखलाई नै उनीहरूको भोजनको साथै जीवन यापनको शैली तथा शारीरिक अवस्थाको बारे जानकारी लिइएको थियो ।
अध्ययनको क्रममा पकाउने तरिका र उनीहरूले बिताउने गरेको जीवनशैलीको बारे पनि जानकारी लिइएको थियो । अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने देखाएको छ । धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खान सुझाव दिएका छन् ।
औसतमा धेरै मानिसले दुई चम्चा नपकाएको सागका साथै तीन फरक किसिमका पकाइएका तरकारी खाने गरेका थिए । यसै अध्ययनलाई पूर्ण रूप दिनका लागि पछिल्लो १२ वर्षमा मुटुको समस्याका कारण अस्पताल भर्ना भएकाहरूलाई पनि निगरानीमा राखिएको थियो । प्रशस्त सागसब्जी खानेको मुटु रोगबाट मर्ने जोखिम सागसब्जी कम खानेको भन्दा १५ प्रतिशतले कम पाइएको छ ।
अध्ययनमा सहभागीले यसका अलावा अन्य विभिन्न कारणको समेत खोजी गरेका छन् । अन्य कारणमा धूम्रपान नै प्रमुख मानिएको छ । साथै मादक पदार्थ सेवन, दैनिक आम्दानी, जीवनयापनको शैली, अभ्यास, दैनिक कामको प्रकृति, आम्दानी र उनीहरूले प्रयोग गर्ने डाइट रहेका छन् । यो अध्ययन अझै केही कुरामा पूर्ण भएको छैन ।
कुन तरकारी मुटुका कति उपयुक्त भन्ने तथ्य पत्ता लगाउन अझै धेरै लामो समय कुर्नुपर्ने हुनसक्छ । अक्सफोर्ड विश्वविद्यालयका डा.बेन लेसी भन्छन्, ‘मुटुसम्बन्धी रोगका लागि डाइटको असरका बारे यो अध्ययन महत्त्वपूर्ण हुनसक्छ,’ उनले अगाडि भने, ‘बेलायतमा रहेका धेरै जना यस कुरामा चुकेका छन् । हामीले सके सम्म धेरै तरकारी खानका लागि प्रेरित गर्न आवश्यक छ ।’
अन्य विश्लेषक तथा यसका ज्ञाता भने लामो समयको अन्तरालमा मानिसले कसरी जीवन बिताउँछ भनेर अध्ययन गरेर जोखिम निर्क्योल गर्नुपर्नेमा जोड दिन्छन् । ती विज्ञहरू यस किसिमको अध्ययनले मानिसले जीवन यापनको शैलीमा गरेका गल्तीको पहिचान गर्न पनि सहज हुने कुरामा जोड दिन्छन् ।
लिड्स विश्वविद्यालयका प्राध्यापक जानेट केड हामीले जीवन यापनसँग सम्बन्धित सामान्य विषयमा गल्ती गरिरहेको र यसलाई पहिचान गरेर सुधार गर्न नसकेको गुनासो गरेका छन् । फ्रान्टीयर्समा प्रकाशित एक रिपोर्ट अनुसार नपकाएका साग खाने व्यक्तिमा पकाएर खानेको भन्दा मुटु रोगको जोखिम कम पाइएको छ ।
पाकेपछि भिटामिन सिको मात्रा घट्ने भएकाले यस्तो भएको जनाइएको छ । हामीले तरकारी पकाउँदा तेल या चिल्लो पदार्थको प्रयोग गर्छौ । हामीले नुन प्रयोग गर्ने भएकाले सोडियमको मात्रा पनि त्यहाँ हुन्छ । यी सबैले मुटु रोगको जोखिम भने बढ्न सक्छ । मुटु रोगबाट मात्र होइन जीवन कत्ति लामो रहने भन्ने कुरा धेरै हदसम्म हाम्रो जीवन यापन र हामीले प्रयोग गर्ने डाइटमा नै निर्भर हुन्छ ।
धेरै भिजिटेबल डाइट खाने कम क्यालोरी युक्त तथा कम फ्याट भएको खाना खाने गर्न सक्छन् । धेरै भिटामिन तथा एन्टी अक्सिडेन्ट खाने कुराको सेवन पनि गर्न सक्छन् । यसले सेलको नास हुनबाट बचाउन सक्छ । मुटु रोगबाट मात्र होइन जीवन कत्ति लामो रहने भन्ने कुरा धेरै हदसम्म हाम्रो जीवन यापन र हामीले प्रयोग गर्ने डाइटमा नै निर्भर रहेको हुन्छ । सन् २०१९ मा नै एउटा रिपोर्ट प्रकाशित भएको थियो ।
सो रिपोर्ट अनुसार वार्षिक १ करोड १० लाख भन्दा बढीले अल्पायुमै ज्यान गुमाउने गरेका छन् । यसरी धेरै ज्यान गुमाउनेमा धूम्रपान सेवनका कारण भन्दा बढी खाने कुरामा सन्तुलन नभएर बिरामी हुने धेरै छन् । कोरोना महामारी सुरु हुनु भन्दा अघि नै प्रकाशित यो रिपोर्टका अनुसार वार्षिक मृत्यु हुने प्रत्येक पाँच मध्यको एकको कारण असन्तुलित भोजन थियो ।
पकाएका खाना, सस या अन्य कुनै पनि कुरामा रहेको नुनको मात्रा नै सबैभन्दा धेरै मानिसको मृत्युको कारण बनेको छ । कमजोर र विषादीयुक्त खाने कुरा नै मुटु तथा क्यान्सरको प्रमुख कारण बनेको छ । अहिलेको स्वादिलो तथा अस्वास्थ्यकर खाद्य पदार्थ नै मानिसको स्वास्थ्यको सबैभन्दा ठूलो समस्या बनेको छ ।
सोही वर्ष नै ग्लोबल बर्डन अफ डिजिजले गरेको अध्ययनका अनुसार धेरै नुनका कारण हरेक वर्ष ३० लाख मानिसको ज्यान जाने गरेको थियो । नपिसेको अन्नको अभावमा ३० लाख जनाको ज्यान जाने गरेको थियो । सोही समयको तथ्याङ्कको अनुसार थोरै फलफूल खाएका कारण २० लाख जनाको ज्यान जाने गरेको थियो ।
बिया, तरकारी र प्रोटिनको अभावका पनि धेरै जनाको ज्यान जाने गरेको फेला परेको हो । डाइट नमिलेर ज्यान गुमाउने १ करोड १० लाखमध्ये १ करोड जना मुटु रोगको सिकार भएको पाइएको थियो । धेरै नुन भएका कारण रक्तचापमा वृद्धि भएर हृदयाघातको जोखिम बढाएको थियो । नुनकै कारण रक्तसञ्चारमा असर परेर मानिसका धेरै अङ्ग कामै नलाग्ने पनि हुने गरेका छन् ।
क्यान्सर र ‘टाइप टु’ मधुमेह अल्पायुमै मानिसको मृत्यु हुनेको अर्को प्रमुख कारण बनेको छ । यो अध्ययन बेलायतमा गरिएको भए पनि यो समस्या सिङ्गो विश्वको हो । कुनै पनि देश स्वास्थ्यवर्द्धक डाइटमा पूर्ण छैन । तर, अध्ययनको अर्थ यो हो कि कुन देश पूर्ण डाइट प्याकेजबाट कति टाढा छ भन्ने हो ।
नुनकै कारण रक्तसञ्चारमा असर परेर मानिसका धेरै अङ्ग कामै नलाग्ने हुन्छन् । क्यान्सर र ‘टाइप टु’ मधुमेह अल्पायुमै मानिसको मृत्यु हुनेको अर्को प्रमुख कारण बनेको छ । संसारभरी नै चिकित्सकीय रूपले सिफारिस गरिएको तथा यसमा आम मानिसले प्रयोग गर्ने डाइटमा केही फरक देखिएको छ । गेडाजन्य तथा बियाहरू सिफारिस गरिएको १२ प्रतिशत मात्र उपयोग गर्ने चलन छ ।
यसैगरी, दूध आवश्यकताको १३ प्रतिशत मानिसले प्रयोग गर्ने गरेका छन् । नपिसिएको अन्न सिफारिसको तुलनामा २३ प्रतिशत मानिसले उपयोग गर्ने गरेका छन् । यसैगरी, रातो मासु सिफारिसको तुलनामा बढी प्रयोग हुने गरेको छ । मानिसलाई दैनिक २२ ग्राम सिफारिस गरिए पनि औसतमा २७ ग्राम प्रयोग गर्ने गरिएको छ ।
सोडियम त झन् सिफारिस भन्दा दुई गुणा बढी प्रयोग हुने गरेका छन् । दैनिक ३ ग्राम उपयुक्त मानिए पनि मानिसले औसतमा ६ ग्राम सोडियम दैनिक उपभोग गर्ने गरेको पाइएको छ । योक्रम अन्य मासु जन्य पदार्थमा पनि रहेको छ । दैनिक २.१ ग्राम सिफारिस गरिए पनि ४ ग्रामको दरले मानिसले उपयोग गर्ने गरेको पाइएको छ ।
अध्ययन अनुसार नट्स तथा बियाजन्य खाद्य पदार्थ नै मानिसले सिफारिस गरिए भन्दा धेरै प्रयोग गर्ने गरेका छन् । ओखर, काजु र बदाम जस्ता पदार्थले नै धेरै मानिसको ज्यान जोगाउन सक्ने एक रिपोर्टमा उल्लेख छ । धेरै मानिसले यसलाई महँगो ठानेका कारण नै समस्या उत्पन्न भएको हो ।
भन्ने गरिन्छ, संसारमा खान नपाएर मर्नेको सङ्ख्या जत्ति छ खान नजानेर मर्नेको सङ्ख्या त्यो भन्दा धेरै गुणा बढी छ । एक अध्ययनले घातक पेय पदार्थ भने संसारको कुनै पनि स्थानमा उत्तिकै प्रयोग गर्ने गरेको पाइएको छ । अहिलेको स्वादिलो तथा अस्वास्थ्यकर खाद्य पदार्थ नै मानिसको स्वास्थ्यको सबैभन्दा ठूलो समस्या बनेको छ ।
संसारकै खराब डाइटका कारण सबैभन्दा कम मान्छे मर्ने देश इजरायल रहेको छ । रिपोर्ट अनुसार त्यहाँ प्रतिवर्ष १ लाखमा ८९ जना यस्ता कारणले मर्ने गर्थे । उज्बेकिस्तानमा सबैभन्दा धेरै ८९२ जना मरेको तथ्याङ्क थियो । खान नजानेकै कारण स्वादको नाममा पिइने खराब पेय पदार्थ, बढी चिनी, कम फलफूल, कम दूध र कम सागसब्जीका साथै कम बियाजन्य डाइटका कारण हरेक वर्ष संसारका धेरै मानिसको ज्यान गइरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं