सूचनाको शक्ति - The Power Of Information

        

गर्मीलाई च्यालेन्ज दिँदै बिकनीसँग बोल्ड अवतारमा ‘उषा’

टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् । पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् ।

जुन तस्बिरहरु निकै भाईरल बनिरहेका छन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ । सुन्दर रूप । वान्की परेको शरीर । नृत्यमा पारङ्गत । अभिनयमा अब्बल । अरू के चाहियो ? ढिलो चाँडो उनी चलचित्रमा छाउने नै छिन् । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का केही एपिसोडहरूमा उषाले अभिनय गरेकी थिइन् ।

तर, त्यसमा निरन्तरता दिइनन् । उनका प्रशंसकहरू उनलाई चलचित्रमै देख्न चाहन्छन् । उषा पनि चलचित्रमा आउन व्यग्र छिन् । टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ । उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् ।

उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् । उषाले भनिन्, ‘पहिलो चलचित्र करिअरका लागि महत्वपूर्ण हुन्छ । यसैले सबै कुरा सोचेर नै काम गर्नुपर्छ भन्ने लागेको छ । म आफूलाई पनि चलचित्रका लागि तयार पार्दैछु ।’ उषा आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् ।

अहिले चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतसँग डेब्यु गर्ने उनको इच्छा छ । यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् । नेपाली चलचित्र क्षेत्र कोरोना महामारीका कारण झण्डै दुई वर्ष अस्तव्यस्त भएपनि विस्तारै लयमा फर्किंदैछ ।

चलचित्र निर्माणको क्रम बढिरहेको अवस्थामा म्युजिक भिडियोमा चलेका मोडलहरुले अवसर पाउने देखिन्छ । उषाले दुई वर्षको अवधिमा एक सय बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । उषाका ‘माया गरौंला’, ‘झम्क्या बुलाकी’, ‘छोटो छ जिन्दगी’, ‘काली काली टिकटक वाली’, ‘ए माया’ जस्ता भिडियोहरू दर्शकले रुचाएका छन् ।

कपडामा उनी एकदमै सौखिन छिन् । भन्छिन्, ‘मेरो कोठा कपडाले भरिएको छ । अरू केही कुराको सपिङ गर्न गएको छ भने एउटा राम्रो कपडा देख्यो भने किनिहाल्न मन लाग्छ ।’ आफूले धेरै कपडाहरु किन्ने गरेको उनी बताउँछिन् । जुत्ता, हिल्सहरू पनि धेरै नै किन्छु । मलाई मनपर्ने रंग कालो, रातो र सेतो हो । सबैभन्दा बढी मसँग कालो रंगका कपडाहरु छन् ।

रातो र सेतो रंगका कपडाहरू पनि छन् । मोडलिङमा आउनुभन्दा अगाडिउनको एयर होस्टेज हुने सपना थियो । मोडलिङमा आएपछि त्यतातिर ध्यान नै गएन । अहिले भने मोडलिङमै रुचि बढेको देख्न सकिन्छ । यही क्षेत्रमा केही गर्ने उनको ध्यान छ । उनलाई सबै प्रकारको खाना मनपर्छ । उनी होस्टेल बसेको २–३ वर्ष भैसक्यो ।

त्यसैले होला उनलाई होस्टेलको खानामा बानी भएको छरे । उनलाई मन नपर्ने तरकारी तितेकरेला होरे । घरको जेठो सन्तान भएकाले घरमा हुँदा पकाउने, सरसफाइका कामहरु सबै काम गर्थिन उनी । होस्टेल बसेपछि त्यो बानी हटेको बताउँछिन् । उषाका म्युजिक भिडियोहरू औसत चलेका छन् । पछिल्लो समय उनको व्यस्तता बढिरहेको छ । पल शाहदेखि पुष्प खड्काजस्ता चल्तीका स्टारहरूसँग उनले काम गरिसकेकी छन् ।

कामसँगै चर्चा पनि पाइरहेकी छन् । उषालाई अब प्रतीक्षा छ बिग स्क्रिनमा आउने । नायिका बन्नका लागि उनमा केहीको कमी छैन । टिकटकमा भाइरल बनेकी सुन्दरी हुन्, उषा उप्रेती । टिकटकमा धेरै फलोअर्सकी धनी उषाले विभिन्न रोमान्सका दृश्यहरु पनि दिएकी छिन् जसले बेलाबेलमा चर्चा पाइरहन्छ । उनको रुपरंग यस्तो छ, मानौँ म्युजिक भिडियो वा चलचित्रकै लागि बनेकी हुन् । यद्यपि, सुन्दरता र क्षमताको तुलनामा उनले सफलताको स्वाद चाख्न बाँकी नै छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:५८