सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

कर्णालीमा सबैभन्दा कम जनसंख्या, वाग्मतीमा धेरै, कुन प्रदेशमा कति ?

नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजारर ५६४ रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजारर ५६४ रहेको छ । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार ५७ रहेको छ ।

जनगणनाको नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । जुन क्रमशः २०.९७ र ५.७९ प्रतिशत छ । २०६८ सालको जनगणनामा यो संख्या क्रमशः २०.८७ र ५.९३ प्रतिशत थियो ।

यसैगरी, मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या (२०.९७ प्रतिशत) रहेको छ । २०७८ मा जनसंख्याकाआकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः लुम्बिनी, कोशी प्रदेश, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

बागमतीको जनसंख्या ६१ लाख १६ हजार ८६६ रहेको छ भने मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६०० छ । यस्तै, लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहँदा कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । कर्णालीमा भने जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ ।

कुन प्रदेशमा कति जनसंख्या

प्रदेश अनुसार गाउँपालिका र नगरपालिकाको जनसंख्या

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १२:५७