सूचनाको शक्ति - The Power Of Information

        

तीन हेलिकप्टर पाइलट निलम्वित

नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन हेलिकोप्टर पाइलटलाई निलम्बन गरेको छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लिल शब्द बोल्ने एक र उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने दुई पाइलटलाई निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रवक्ता निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । ‘यही २१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ,’ उनले भने ।

त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई निलम्बन गरिएको हो । उनीहरुले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:५४