सूचनाको शक्ति - The Power Of Information

        

यौन सम्पर्कपछि किन रुन्छन् महिलाहरु ?

मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ । जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन । सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ ।

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, सम्पर्कपछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले सम्पर्कपछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ ।

क्वीन्सलैण्ड युनिभर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसँगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् ।

२३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै महिलामा यो समस्या धेरै र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा सम्पर्कपछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । तपाई जति रमाउन खोज्नुहुन्छ, त्यति नै सम्पर्कपछि पनि आफ्ना पार्टनरसँग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १०:३१