सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन: ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ।

देशभर ६२ आंगिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो। अझै १३ आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ।

त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन्। अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ।

त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ।

चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन्।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०८:१४