नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ।
२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्न लागेका हुन्।
सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्।
सत्यपाटी संवाददाता । काठमाडौँ