सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा निरन्तर निराशा

साताको अन्तिम दिन विहीबार पनि शेयर बजार दोहोरो अंकको आरालो यात्रा जारी रह्यो । तीव्र उतारढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर १९ सय १५ मा आएर थामियो ।

कारोबार भने सामान्य सुधारिएर डेढ अर्ब हाराहारी पुग्यो । सबै समूह ओरालो लाग्दा व्यापार समूहमा सबैभन्दा उच्च ३ प्रतिशत बराबर गिरावट आयो । लघुवित्त समूह पनि डेढ प्रतिशत बढीले ओरालो लाग्यो ।

बाँकी बढीजसो समूह दोहोरो अंकले ओरालो लागे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ४३ लाख ४० हजार कित्ता शेयर १ अर्ब ४२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

घटेको बजारमा पनि मायाखोला र एशियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारी कमाए । युनिक लघुवित्तका लगानीकर्ताले भने यसदिन सबैभन्दा उच्च ७ प्रतिशत बढी गुमाए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १८:४८