सूचनाको शक्ति - The Power Of Information

        

भारत विरुद्धको एकदिवसीय श्रृंखला अष्ट्रेलियालाई

अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ ।

तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो ।

पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो र तेस्रो खेल जित्दै श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

भारतको चेन्नाईमा सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ४८ रन मात्र बनायो ।

भारतका लागि विराट कोहलीले ५४, हार्दिक पान्ड्याले ४०, शुभमन गिलले ३७, केएल राहुलले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ४, एस्टन अगरले २ तथा सेन एबट र मार्कुस स्टोईनसले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय ६९ रन बनायो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४७, एलेक्स क्यारीले ३८, ट्राभिस हेडले ३३, मार्नुस लाबुस्चानेले २८, सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५, डेविड वार्नरले २३ तथा एस्टन अगरले १७ रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३/३ तथा अक्षर पटेल र मोहम्मद सिराजले समान २/२ विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया एक दिवसिय क्रिकेट वरियताको शिर्ष स्थानमा उक्लिएको छ । भारत विरुद्धको श्रृंखला जितेसँगै अष्ट्रेलियाले वरियतामा पनि भारतलाई नैं उछिनेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०८:३४