सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन: महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानलै विजयी

महेन्द्र बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएकाे छ।

नेविसंघका जीवनराम सुवेदीलाई ९० मताान्ततरले पराजित गर्दै माधव खत्री स्ववियु सभापति भएका हुन्। खत्रीले ७५६ मत ल्याउँदा सुवेदीले ६६६ मत ल्याएका थिए।

सचिवमा हरेन्द्रबहादुर विक ९७६ मत र काेषाध्यक्षमा भरतराज बुढाथाेकी ८७७ मत ल्याएर विजय भएका छन्।

सदस्यहरूमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कंडेल, चिरिन्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन्।

४ हजार १२२ मतदाता रहेकाे क्याम्पसमा १ हजार ६९२ मत खसेकाे थियाे।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०८:१५