सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

 राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्।

बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत सङले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटमा नेपाल र चीनबीच रहिआएको द्वीपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:३७