सूचनाको शक्ति - The Power Of Information

        

मरेका माछाहरूले नदीको सतह ढपक्कै ढाकेपछि…

अष्ट्रेलियाको एउटा इलाकामा बिहानै उठ्ने बित्तिकै उनीहरुले यस्तो कुरा देखे जसले उनीहरुको मन छोयो । त्यही नदीमा शुक्रबार लाखौं माछा मरेका थिए ।

सबैभन्दा पहिले यो घटना न्यू साउथ वेल्सको मेनिन्डी सहरमा भएको हो । डार्लिङ–बाका नदी तातो लहरले प्रभावित भएको र सोही कारण माछा मर्ने गरेको नदीको हेरचाह गर्ने प्राधिकरणले जनाएको छ ।

यस सहरमा यति ठूलो संख्यामा माछा मरेको यो नै सबैभन्दा ठूलो घटना भएको स्थानीयले बताएका छन् । तर, तीन वर्षअघि पनि यहाँ ठूलो संख्यामा माछा मरेका थिए । जलवायु परिवर्तनका कारण विश्वभर गर्मीको प्रकोप बढेको छ । यो पहिलेको तुलनामा धेरै तीव्र र लामो भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १७:३०