सूचनाको शक्ति - The Power Of Information

        

बलिङ वरीयतामा सन्दीप लामिछानेको स्थान खस्कियो

नेपाली टिमका स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीको एकदिवसीय बलिङ वरीयतामा एक स्थान घटेको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप २२औं स्थानमा छन् ।

सन्दीप गत हप्ता वरीयताको २१औं स्थानमा थिए । एकदिवसीय बलिङ वरीयताको शीर्ष १०० भित्रमा सन्दीपबाहेक नेपालका तीन बलर अटाएका छन् । नेपाली टिमका दीपेन्द्रसिंह ऐरी वरीयताको ५६औं स्थानमा छन् । सोमपाल कामी भने ६७ औं स्थानमा र करण केसी ९६औं स्थानमा छन् ।

यस्तै, एक दिवसीय क्रिकेटको ब्याटिङ वरीयतामा नेपालका दुई ब्याटरले शीर्ष १०० भित्र स्थान बनाएका छन् । नेपाली टिमका कप्तान रोहितकुमार पौडेल वरीयताको ५७औं स्थानमा र आसिफ शेख ६७औं स्थानमा छन् । एकदिवसीयको बलिङ वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका जस हेजलउड र ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका कप्तान बाबर आजम रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १६:५५