सूचनाको शक्ति - The Power Of Information

        

के महिलाको पनि वीर्य स्खलन हुन्छ ?

मानव यौन चक्र चार चरण हुन्छन्, १. उत्तेजनाको चरण २. प्लाटो चरण ३. चरमसुख चरण र ४. रिजोलुसन चरण हुन् ।

प्लाटो चरणमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवतस् सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

रिजोलुसन चरणमा महिलाहरूमा योनिद्वार अझ खुल्ने तथा त्यस वरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी योनिद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलिभित्र दबेजस्तो देखिन्छ भने स्तनको आकार केही बढ्छ ।

आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् । मांसपेशीहरूमा तनाव पैदा हुन्छ मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ ।

स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ ।

के महिलाको पनि वीर्य स्खलन हुन्छ रु यौन उत्तेजना हुँदा सफा रंगविहीन रस केही मात्रामा पुरुषको मूत्रद्वारमा देखिन्छ । यतिबेला महिलाको योनिबाट प्रशस्त रस आउने कुरा हामीलाई थाहै छ । के चरम सुखका बेला महिलामा फरक किसिमको रस आउँछ त ?

केही अध्ययनले महिलाहरूको पनि ‘स्खलन’ हुने कुरा उल्लेख गरेका छन्, तर कतिपय वैज्ञानिकले पुरुषमा वीर्य स्खलन भएजस्तै महिलाको स्खलन नहुने कुरा बताएका छन् । त्यसैले महिलाको स्खलनको कुरा विवादित नै छ । एउटा कुरा के भने पुरुषको वीर्य स्खलन महिलामा हुने यस्तो स्खलनको घटनाभन्दा निकै फरक कुरा हो ।

तपाईंले के कुरालाई संकेत गर्नुभएको हो स्पष्ट छैन । आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक छ । यदि चरमसुखको चरणपछि पनि यौन उत्तेजना निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन् तर पुरुषहरूमा भने त्यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक अपर्वतक अवधि हो । पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । महिलाले कसरी यौन सन्तुष्टि प्राप्त गर्छन् र के कुरा सहयोगी हुन्छन् ?

तपाईंले श्रीमानसँगको यौन सम्पर्कमा यौन सन्तुष्टि अर्थात् यौन चरमसुख प्राप्त गर्न सक्नुभएको छैन । अन्य समयमा तपाईंले यौन चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई हस्तमैथुनबाट यौन चरमसुखको अनुभव छ तर अहिले श्रीमानसँगको यौनसम्पर्कमा भने सो कुरा पाइएन ।

पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौनसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुषमाथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन जति नै लामो लिङ्ग भए पनि त्यसैले लिङ्ग केही सानो हुनुलाई चिन्ताको विषय बनाउनु उपयुक्त होइन ।

महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसोधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १६:४८