सूचनाको शक्ति - The Power Of Information

        

तीतो अमृत निमको पातका फाइदै फाइदा

आजको दिनलाई निमको पात खाने दिन भनेर पनि चिनिन्छ । निमलाई तीतो अमृतका रुपमा व्याख्या गर्ने चलन छ । निम बहु उपयोगी वृक्ष हो ।

यसको स्वाद तितो हुने कारणले सबै मान्छेले यसलाई रुचाउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ ।

निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रूपमा पनि प्रयोग गर्दै आएको छ । निम हाम्रो शरीरको कपाल र छालाको लागि पनि निकै उपयोगी रहेको छ ।

निमको प्रयोग सही रूपमा गर्दा डन्डिफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालासम्बन्धी समस्या बाट पनि छुटकारा पाउन सकिन्छ ।

निमको सेवनले मौसमी समस्याबाट पनि राहत मिल्छ । निमको पातलाई पानीमा भिजाएर खाँदा उक्त पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ ।

यसले छाला र कपाल चमकता र मुलायमता बढाउन मद्दत गर्छ । निममा भएको एन्टी ब्याक्टेरियल गुणले छालामा भएका ब्याक्टेरियालाई मार्ने काम गर्छ ।

पेट दुख्ने, अपच हुने समस्या र पेटभित्रका धेरै रोगबाट निमले आराम दिन्छ । निम हाम्रो शरीरको बाहिर भाग र भित्री भाग दुबैमा निकै फाइदाजनक रहेको कुरा धेरै अध्यायनबाट पनि प्रस्ट हुन्छ ।

निमका फाइदा

  • निम रगतको शुद्धता, छालाका समस्या समाधान गर्न निकै महत्त्वपूर्ण मानिन्छ ।
  • अन्न राख्ने भकारी वा भाडोमा निमको पात राख्दा किरा लाग्दैन ।
  • निमको तेल लगाएर टाउको मालिस गर्दा टाउको दुखाई कम हुन्छ र कपाल नरम एवम् चम्किलो हुन्छ ।
  • निमको पातको लेप बनाएर छालामा लगाउँदा पुरानो दाग पनि हराएर जान्छ ।
  • निमको सुकेको पातबाट बनेको धुप बाल्दा लामखुट्टे लगायतका किटाणुबाट बच्न सकिन्छ ।
  • कान दुख्ने समस्यामा निमको पातको केही थोपा हाल्दा दुखाई कम हुन्छ ।
  • निमको काँडा पानीमा पकाएर बिहान बेलुका दैनिक कुल्ला गर्दा दाँत मुख र गिजाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • निमको पातको सेवनले हृदयघातको समस्याबाट टाढा रहन सकिन्छ ।
  • निमको पात कुटेर घाउ भएको ठाउँमा लगाउँदा निको हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:१७