सूचनाको शक्ति - The Power Of Information

        

ह्वात्तै घट्यो सुन चाँदीको भाउ, कसको कति ?

सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासङ्घले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:०९