हत्या चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदा लतमा बयान लिइन्छ । अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर न्युजिल्याण्डमा भने बलात्कारका अभियुक्तको अदालतमै लिङ्ग नापिएको छ ।
बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनाङ्ग मापन गरिएको हो । पीडित महिलाले अभियुक्तको लिङ्गको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिङ्ग नापिएको थियो । यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् ।
उनको नाम डेभिड स्कट हो । गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिङ्ग नियतबस दलेर हिंसा गरेको अभियोग उनीमाथि लागेको छ । समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषकोको आकार चारदेखि पाँच इन्चसम्म लामो भएको दाबी प्रस्तुत गरेकी थिइन् ।
त्यसपछि उनको दावी अनुसार त्यसको आकार पत्ता लगाउन न्यायाधीशले अदालतको बेन्चमै मापन गर्न आदेश दिए । त्यसपछि आकार मापन गरियो । मुद्दा भने चलिरहेको छ । महिला यौन हिंसाको मुद्दाको अन्तिम फैसला हुन भने बाँकी छ । उनले आफू यौनमा कमजोर रहेको र श्रीमतीले नामर्दको आरोप लगाउने गरेको बताएका छन् ।
यौनमा कमजोर रहेको भन्दै श्रीमतीले आफूलाई ‘नामर्द’ भनेपछि जोशिएर यौन सम्पर्क गर्दा अस्पताल भर्ना भएको बुझिएको छ । उनले बयानमा आफ्नो अवस्थाबारे खुलाउँदै भनेका छन्, ‘मलाई श्रीमतीले नामर्दसम्म भनेपछि जोशिएर यौन सम्पर्क गर्दा लिङ्ग भाँचिएर अस्पताल भर्ना भएको छु । म यौन हिंसा गर्न सक्षम पुरुष छैन ।’
सत्यपाटी संवाददाता । काठमाडौं