सूचनाको शक्ति - The Power Of Information

        

एकै स्थानमा सेक्स गर्दा रुची घट्ने, नयाँ स्थान र पोजिसन आवश्यक

सेक्स जीवनको लागि अति आवश्यक कुरा हो । नियमित सेक्सले अनेक फाइदा हुने विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि पनि भइसकेको छ । तर, एकै स्थानमा सेक्स गर्दा सेक्सप्रति रुची घट्ने गरेको दम्पतीहरूले बताएका छन् ।

यसले उनीहरूको दैनिकीमा पनि रुची कम हुने गरेको छ । उनीहरूले फरक फरक स्थानमा सेक्स गर्दा सेक्स लाइफ उत्साहित बन्ने गरेको बताएका छन् । स्किन कन्डम नामक अमेरिकाको एक संस्थाले गरेको सर्भे अनुसार सेक्सका लागि दम्पतीको पहिलो रोजाई बैठक कोठा हुने गरेको छ ।

त्यसपछि बाथरुममा सावर लिँदै सेक्स गर्न रुचाउनेको संख्या ७४ प्रतिशत थियो । सेक्सपछि सफा गर्न सहज हुने भएकाले उनीहरूले बाथरुमलाई रोजेको बताएका थिए । नयाँ स्थान र पोजिसनले यौनजीवन राम्रो एक्सपर्ट्सका अनुसार समय बित्दै जाँदा दम्पतीमा यौतप्रति रुची घट्दै जान्छ ।

यस्तो अवस्था आउनै नदिन सेक्स लाइफलाई कामोत्तेजक र एडभेन्चरस बनाई राख्न उनीहरूको सुझाव छ । यसमा नयाँ नयाँ स्थान र नयाँ नयाँ पोजिसनले सहयोग गर्ने उनीहरूको भनाई छ । उक्त संस्थाको सर्भेका अनुसार यो शताब्दीका मानिसको सेक्सप्रतिको सोच एकदम स्पष्ट रहेको देखाएको छ ।

सहभागीहरूले जबसम्म जीवन रहन्छ त्यतिञ्जेल नयाँ नयाँ सेक्स पोजिसन अपनाउने जनाएका थिए । स्किन कन्डम नामक संस्थाले १८ देखि ३४ वर्ष उमेरका मानिसलाई समावेश गराएर गरेको सर्भेमा ७८ प्रतिशत मानिसको सेक्स गर्ने पहिलो रोजाईको स्थान लिभिङ रुम (बैठक कोठा) थियो ।

बैठक कोठापछि दोस्रो नम्बरमा बाथरुममा सावरको तल सेक्स गर्नुलाई लिइएको छ । उक्त सर्भेमा ७४ प्रतिशत मानिसले स्वीकार गरेका थिए कि उनलाई सेक्सपछि सफा रहन मन पर्छ । उक्त सर्भेमा बाथरुम र बेडरुमपछि कारमा गरिने सेक्स चौथो नम्बरमा छ । त्यसपछि सामान राख्ने र अन्य कोठा सूचीमा आएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १०:२७