सूचनाको शक्ति - The Power Of Information

        

कलाकार धुर्मुसले भने, ‘म मर्न तयार छु, मलाई पलपल नमारिदिनुस्’

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे सरकारकाले निर्णय गर्न ढिला हुँदा आफू रुँदै हिड्नुपरेको बताएका छन् ।

मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमार्फत धुर्मुसले देशको लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफुले कल्पनासमेत नगरेको बताए ।

‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्,’ उनले भने ।

सरकारलाई छिटो निर्णय गरिदिन आग्रहसमेत गरेका छन् । उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको भन्दै एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको बताए ।

धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’ धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद पनि दिए ।

‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १६:३३