सूचनाको शक्ति - The Power Of Information

        

गाउँगाउँमा चर्च विस्तार

इसाई मिशनरीको गृह मन्त्रालयसम्मै सेटिङ्ग

शिक्षा, स्वास्थ्य र कृषिमा सहयोगको नाममा गाउँ गाउँसम्म चर्च खुलेका छन् । कतिपय व्यापारको आवरणमा यस्ता गतिविधिमा आबद्ध छन् ।

नेपालमा गाउँ–गाउँसम्म चर्चको विस्तारमा गृह मन्त्रालयकै शंकास्पद भूमिका देखिएको छ । ईसाई मिशनरी विस्तारमा लागेका समूहले गृह मन्त्रालयकै अधिकारीसँग सेटिङ मिलाउँदै आएका छन् । गृह प्रशासन निरिह हुँदा नेपालमा ईसाई धर्ममा रुपान्तरणको तिव्र भइरहेको छ ।

प्रमाणसहित कारबाहीका लागि सिफारिस हुँदा पनि गृहले त्यस्ता विदेशीमाथि कारबाही रोक्न गरेको छ । गृह मन्त्रालयकै संरक्षणमा ग्लोबल मिसन नेपाल नामक संस्थाले प्रलोभनमा धर्म परिवर्तनको धन्दा बढाएको छ । उक्त संस्थाका पदाधिकारीमाथि कारबाही गर्न अध्यागमन विभागले प्रतिवेदन दिएपनि गृहले चासो नदिई संरक्षण गरेको छ ।

सो संस्थाले सन् २०३० भित्र नेपालको ‘एक गाउँ एक चर्च’लाई अभियान नै चलाएको छ । यसरी खुलेआम धर्म रुपान्तरण भइरहँदा पनि कारबाहीमा नहुँदामा सो संस्थाको पहुँच कति उच्च तहसम्म छ भन्ने प्रष्ट भएको छ । ग्लोबल नेपालका अध्यक्ष एवं नेपाली मूलका अमेरिकी नागरिक दान पोखरेल हुन् ।

पोखरेललाई देश निष्काशन गर्ने प्रस्ताव अध्यागमन विभागले गरे पनि गृह मन्त्रालयले चासो दिएको छैन । पछिल्लो तीन वर्षयता कोराना महामारीका कारण यस्ता धर्म परिवर्तन सम्बन्धी गतिविधि रोकिएका थिए । अहिले अवस्था सामान्य भएसँगै फेरि यस्ता गतिविधि ह्वात्तै बढेको छ । खासगरी आर्थिकरूपले पछि परेका समुदायमा आर्थिक सहयोगमार्फत धर्मान्तरण हुने गरेको छ ।

शिक्षा, स्वास्थ्य र कृषिमा सहयोगको नाममा गाउँ गाउँसम्म चर्च खुलेका छन् । कतिपय व्यापारको आवरणमा यस्ता गतिविधिमा आबद्ध छन् । उनीहरुमाथि छानबिन गरे कारबाही हुने निश्चित छ । तर, अध्यागमन विभाग र गृह मन्त्रालयका कर्मचारीलाई उनीहरुले आर्थिक प्रभावमा पारेर अवैधधन्दा चलाइरहेका छन् ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १४:४५