सूचनाको शक्ति - The Power Of Information

        

अनुहारको चाउरीपना हटाउने सजिलो तरिका

उमेर ढल्कँदै गएपछि मानिसको अनुहारमा चाउरीपनाको समस्या देखिन थाल्छ । चाउरीपना हटाउन हामीले बजारमा पाउने विभिन्न प्रोडक्टहरु प्रयोग गर्ने गर्छौं ।

तर, हामी सबैलाई कुन क्रिमले राम्रो गर्छ र कसरी प्रयोग गर्छ भन्ने कुरा आफ्नो स्किनको जाँच गरेपछि मात्रै लगाउनुपर्ने हुन्छ । यसबाहेक घरमै पाइने घरेलु वस्तुहरुको राम्ररी प्रयोग गर्न जानेमा हामीले घरमा नै बसी–बसी चाउरीपना हटाउन सक्दछौ । यस्तो छ घरमै चाउरीपना हटाउने विधि :

१. एक मुठी आलसलाई राति काँचो दूधमा भिजाउने र भोलिपल्ट विहान पिसेर अनुहारमा सफा पानीले पुछेर १० देखि १५ मिनेटको लागि लगउनाले अनुहारको चाउरीपना हट्न गई अनुहार चम्किलो र उज्यालो देखिन्छ ।

२. आदि चम्चा महलाई सानो आँचमा पकाउने र त्यसमा पाकेको केरा एक चौथाइ मिसाइ राम्ररी मल्ने र तीन–चार थोपा बदामको तेल मिसाइ अनुहार साथसाथै आँखाको चारैतिर वरिपरि १५ देखि २०मिनेटको लागि लगाउने र भिजेको पफले विस्तारै सफासँग पुछ्ने ।

३. यसरी एक दिन विराएर लेप लगाउनाले अनुहारमा चमक आउनुको साथै दागहरु हटाई चाउरीपना विस्तारै खतम हुन्छ र यसले आँखा वरिपरिको पइन लाइन र डार्क सर्कल पनि घटाउँछ ।

४. मौसमी या सुन्तलाको बोक्रालाई बदामसँग पिसेर दूधको मलाईसँग मिसाएर अनुहारमा प्याकको रुपमा लगाउनाले अनुहारको चाउरीपना कम भई चमक आँउदछ ।

५. बोक्रावाला मसुरोको दाल र मासको दाललाई राति पानीमा भिजाएर बिहान थोरै बेसार मिसाई पिसेर १० देखि १५ मिनेटको लागि प्याकको रुपमा अनुहारमा लगाउनाले अनुहारमा छुटै चमक आई छाला कमलो र आर्कषित देखिन्छ ।

६. यसको साथै यस प्याकले चाँया पोतो लगायत अनुहारमा भएका अरु दाग धब्बाहरु पनि हटाउँदछ ।

७. अनुहारमा समयभन्दा अगाडी चाउरीपना आएमा बदामको र नरीवलको तेल मिसाएर राती–राती मुख धोएर सधैं मालिस गरेमा केही हदसम्म यो समस्या कम हुन जान्छ ।

८. अण्डाको पहेंलो, एक चम्चा बदामको तेल र केही थोपा गुलाब जललाई मिलाएर मिश्रण बनाई अनुहारमा ३० मिनेटको लागि लगाउने र मनतातो पानीले सफासँग धुने । यो विधिले छालामा प्राकृतिक चमक ल्याई चाउरीपन हटाउन मद्दत मिल्दछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १२:४८