सूचनाको शक्ति - The Power Of Information

        

मल अनुदान यथावत्

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । गत साता आपूर्ति तथा विवरण व्यवस्थापन समितिको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिँदै आएको मल अनुदान कटौती गरेको थियो ।

किसानलाई दिँदै आएको मलको अनुदान कटौती हुँदा चौतर्फी विरोध भएको थियो । विरोधपछि सरकारले विगतदेखि दिँदै आएको मल अनुदानलाई यथावत् राख्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

रासायनिक मलमा दिँदै आएको विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ०७:२५