सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

आज देशका अधिकांश ‍स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षा

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ०७:०८