सूचनाको शक्ति - The Power Of Information

        

संसदीय दलको बैठक

प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियोः अध्यक्ष ओली

इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताउनु भयो ।

अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उहाँलाई विश्वासको मत नदिने बताउनु भयो ।

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:३१