सूचनाको शक्ति - The Power Of Information

        

कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास  भएको हो ।

प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए  । आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका– २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:२२